वीरगंज २ श्रावण
पर्सा प्रहरीले भन्सार छलि गरि ल्याएको विभिन्न किसिमको सामानहरु पक्राउ गरेको हो।
प्रहरीले भारतबाट नेपाल तर्फ अवैधरुपले भित्राएको लेडिज कुर्था सुरुवाल, ७९ लेडिज सल ,लेडिज कुर्थाको थानवाला सुतिको थान कपडा साडि लगाएतको सामानहरु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ता र ईनार्वा प्रहरी चौकीले भन्सार छलि चोरी पैठारी गरी ल्याएको अवैध लेडिज कुर्था सुरुवाल ७९ पिस, लेडिज सल २०६ पिस, लेडिज कुर्थाको थानवाला कपडा ४० थान,सुतिको थान कपडा १० थान ,साडि १० पिस गरि २ लाख ५० हजार रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
पक्राउ परेका अवैध लत्ताकपडाहरु आवशयक कार्यबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो।