जनकपुरधाम । धनुषाको जननन्दिनी गाउँपालिकाका एक पूर्व वडाध्यक्षलाई पक्राउ पूर्जी जारी गरिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष विक्रम यादवमाथि पक्राउ पूर्जी जारी गरिएको हो । बिगो मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला अदालत धनुषाको बिगो मुद्दामा असार २२ गते काटिएको पत्र अनुसार यादवलाई २ बर्ष कैदमा राख्नुपर्ने फैसला भएकोमा उनी फरार रहेका छन् । ईलाका प्रहरी कार्यालय खजुरीलाई पत्र पठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी दिएको हो । यद्यपी, यादव अहिले फरार रहेको बुझिएको छ ।
विभिन्न व्यक्तिहरुबाट जग्गाको लागि रकम उठाएको र जग्गा नदिएको भन्दै उनीमाथि बिगोको मुद्दा दायर भएको थियो । स्थानीय एक जनाले दिएको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । यादव दोषी ठहर भई उनलाई दुई बर्ष कैद (जेल सजाय) को फैसला गरिएकोमा उनी अदालतमा हाजिर भएका छैनन् ।
जिल्ला अदालत धनुषाको बिगो नं. १६५२ १९७ चलानी नं. ७९–३६–००९८७५ को लागि जिप्रका धनुषालाई पत्राचार गरिएको थियो । प्रहरीले उनको खोजतलास गरिरहेको जनाइएको छ ।