वीरगंज ८ श्रावण
सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको १०५ केजी काजु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले भन्सार छलि गरि ल्याएको १०५ किलो काजु नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल गुल्म अलौबाट खटिएको चेक पवाईन्टको टोली विभिन्न किसिमको सामानहरु चेकजाँच गर्ने क्रममा अवैधरुले भारतबाट नेपाल भित्राएको १०५ किलो काजु करिब १ लाख मूल्य बराबरको बरामद गरेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका प्रमुख एवम प्रहरी नायब उपरीक्षक योगेश बरालले जानकारी दिनुभयो।
पक्राउ परेको काजु वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक बरालले बताउनुभयो ।