अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।
हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसंधान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले अप्पन जनकपुरलाई जानकारी दिए ।
अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।