जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट करिब सावा लाख रुपैयाँ मूल्य बराबरको अवैद्य सूर्ति (खैनी) बरामद गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नं. ६ बहेडाबोस्थितबाट १ लाख २४ हजार मूल्य बराबरको अवैद्य सूर्ति बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो रकम बराबरको सूर्ति बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको हो ।