अप्पन जनकपुर
जनकपुरधाम । विश्व नदी दिवसको उपलक्ष्यमा कमला अभियानीहरुलाई सम्मानीत भएका छन । भारतको विहार दरभंगामा आयोजना गरिएको कार्यक्रममा भारत नेपाल मैली मंचले आयोजना गरेको कार्यशालामा अभियानीहरुलाई सम्मानीत गरिएको हो । कार्यशालामा कमला बचाउ अभियान का मानव अधिकार युवा संगठनका प्रदेश अध्यक्ष धर्मेन्द्र कुमार सिंह, प्रदेश उपाध्यक्ष धनंजय कुमार तथा दरभंगा नगर अध्यक्ष अमरनाथ सिंहले संयुक्त रुपमा अवकास प्राप्त भारतीय प्रशासनीक सेवाका पदाधिकारी गजानन मिश्र, कमला बचाउ अभियान नेपालका संयोजक विक्रम यादव, जसपाका केन्द्रिय सदस्य श्याम नारायण यादव, संजय कुमार बब्लू, नारायण मिश्र, पत्रकार शंकर यादव, मिडिया काउन्सिलका सदस्य अर्जुन मण्डल, पत्रकार मिश्रीलाल मधुकर, पत्रकार नरेशचन्द्र बरबरीयालाई सम्मानीत गरिएको छ ।