सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव । उनले कुनै कामले उनको कार्यकक्षमा आउने सामान्य सेवाग्राहीसँग अराजक व्यवहार गर्ने गरेका छन् ।
सामान्य सेवाग्राहीलाई गन्दै नगनेको र ठूलाबडालाई मात्रै प्राथमिकता दिने गरेको सेवाग्राहीको गुनासो छ । ‘कर्मचारी भनेको जनताका नोकर हुन्,’ एक सेवाग्राहीले भने, ‘तर, उनको व्यवहारले भने मालिक हो जस्तो देखाउँछ ।’
उनको व्यवहारले गर्दा सिंगो कार्यालयकै बद्नामी भइरहेको छ । भर्खरै बढुवा भएका र यसै साता अवकाश भइरहेका उनी जागिर जीवनमा जहाँ–जहाँ बसे, कतै उनीबारे राम्रो प्रतिक्रिया पाइँदैन ।
जनताको काम गर्नुको सट्टा गलत व्यक्तिसँग साँठगाँठ र असुलीलाई प्राथमिकता दिएका उनी प्रहरीको जागीर गरेरै करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन् । तर, नेपालमा जे गरेपनि कारवाही नहुने र जति भ्रष्टाचार गरेपनि केही नहुने मान्यताका कारण उनी घमण्डले भरिएका छन् ।