वीरगंज१४आईतबार पर्सा प्रहरीले बाल सुधार गृहबाट फरार रहेका दुई जना बाल कैदीलाई पक्राउ गरेको हो।वीरगन्ज महानगरपालिका– ४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान दुई जना बाल कैदी बिज्याइँकर्ता फरार भएका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहको अनुसार फरार रहेका दुईजना बाल कैदीलाई सिरहा र सर्लाहीको सिमानाकाबाट पर्साको क्राईम टोलीले पक्राउ गरेको बताउनुभयो।प्रहरीले फरार रहेको ४८ घण्टमा पक्राउ गरि दुबैजनालाई बीरगन्ज ल्याउन लागिएको पर्सा प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए ।