2025-01-03

Close

वीरगन्ज १६ मंगलबार                                          पर्साको जगरनाथपुर गाऊपालिका वडा नम्बर ५ मसिहानी असोज१ गते आफ्ने घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्या उनको देवर र जेठाजुको योजनामा भएको प्रहरी अनुसन्धानले खुलेको छ।                                         पर्सा प्रहरीलाई महिलालाई  घाँटी रेटी हत्या गरेको सूचना आउनासाथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । मृतकका छोरा अर्जुन मुखिया वीन वैदेशिक रोजगारबाट फर्किएपछि असोज ७ मा लालबाबु राउतविरुद्ध किटानी जाहेरी दिएका थिए ।        जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जगरनाथपुर गाऊपालिका कान्ति देवी बिनको हत्याको आरोपमा प्रहरीले उनको जेठाजु,देवर र उनको एक आफन्त गरि हत्याको आरोपमा तिनजनालाई पक्राउ गरेको हो।प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेको लालबाबुको  बयानको आधारमा उनको जेठाजुहरु चन्द्रिका राउत बिन,अमीरीका राउत बिन र देवर पर्ने लालबाबु बिनलाई कर्तव्य ज्यान मुद्दा पक्राउ गरेको बताउनुभयो।                        प्रमुख शाहको अनुसार बिनको छोरा बिदेशी रोजगारको सिलसिलामा बाहिर रहेकोले बिदेसबाट पैठाएको पैसा चोरी गर्न  तिनैजना योजना बनाई  घर भित्र प्रबेश गरी चोरी गर्नको लागि बक्साहरु खोतिल्दै गरेको अवस्थामा मृतकले हेरे पछि   चिनेदरले उनीहरु मिलेर बिनको टाऊकोमा रड र काठको फलकले प्रहार गरी बेहोस बनाए पश्चात् सिरकले मुख थुनि खुर्पीले घाँटी रेटी हत्याको गरेको अनुसन्धान बाट खुलेको बताए ।पक्राउ परेका लालबाबु ,चन्द्रिका र अमिरिका बिन समेतलाई पोलिग्राह परीक्षण गरि अनुसन्धान गरेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर