अप्पन जनकपुर
जनकपुरधाम । भन्सार छली गरी ल्याएको तीन लाख भन्दा बढीको समान प्रहरीले बरामद गरेको छ ।
धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको बिभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरु, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मोटरसाइकल ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी इनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् । आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको छ ।