जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले क्रिकेटरको लागि घोषणा गरेको पुरस्कार अझै दिएका छैनन् ।
गत भदौ १९ गते नेपाल–भारतबीच भएको एसिया कपको क्रममा मेयर यादवले खेलमा अर्ध शतक लगाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।
सो क्रममा घोषणा अनुसार मेयर यादवले सो खेलमा अर्धशतक लगाएका क्रिकेटर आशिफ शेखलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । शेखलाई प्रोत्साहन स्वरुप घोषणा गरेको रकम दिने बताएपनि अझै रकम दिएकाछैनन् ।
खेलको दुई महिना बितिसक्दा पनि उनले घोषणा गरेको रकम खेलाडीलाई दिएका छैनन् । म्याचको बेला विभिन्न मिडियामा मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको थियो। भारतीय टिमसँगको नेपाली टिमको खेललाई भावनात्मक रुपमा देखिएको थियो ।