अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उपमेयर आशा देवी झाले झाले छठ पर्व गर्ने व्रतालुहरुलाई साडी वितरण गरेका छन् ।
विदेह नगरपालिका ४ ठाढीका महिला ब्रतालुहरुलाई उनीहरुले साडी वितरण गरेका हुन । शुक्रबार महिला ब्रताहरुलाई साडी वितरण गरिएको छ।
नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका ११ सय महिला ब्रतालुहरुलाई एक÷एक थान साडी वितरण गरिने जनाइएको छ ।
मेयर दासले पहिले देखिनै गरिब, विपन्न ब्रतालुहरुलाई साडीसहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताए ।