पर्साको ग्रामीण भेगमा पर्ने भिस्वा नाकाबाट व्यापक रुपमा कबाड र हड्डीको धुलोको तस्करी फष्टयाएको छ।प्रहरी प्रशासनको मिलोमतोमा भिस्वाको विभिन्न नाकाहरुबाट पिकप र ट्याकटरमा कबाड र हड्डीको धुलोको ठुलो मात्रामा व्यापक रुपमा तस्करी भइरहेको हो।सिमानाकामा रहेका गुल्म, बिओपी र प्रहरी चौकीको मिलोमतोमा ठुलो मात्रामा शशिकान्तको हड्डी र रियाज भन्नेको कबाडको तस्करी हुदै आएको छ।भिस्वा नाकाबाट व्यापक रुपमा ठुलो मात्रामा तस्करी हेदै प्रहरी प्रशासन मौन हुनु शंकाको बिषय बनेको स्थानीहरु बताएका छन।