बारा । बारामा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रसौनी गाउँपालिका – ४ खुटवा निवासी २६ वर्षीय साजिद अन्सारीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।
अन्सारीले कात्तिक १९ गते १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजूरीको आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । अन्सारीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।