अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।
नगरपालिकाका अनुसार आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिनेछ । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको विदेह नगरपालिकाले जनाएको छ ।
विदेह नगरपलिकामा आजबाट श्रम स्वीकृतिका काम विधिवत रूपमा रोजगार सेवा केन्द्रबाट सुरूवात भएको छ ।
नगर प्रमुख बेचन दास र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहको हाथबाट सेवा ग्राहीलाई श्रमको पत्र हस्तान्तरण गरिएको छ ।