विपिन यादव
विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा यही पुष २७ र २८ विशेषज्ञ डाक्टर सहितको वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीको सहयोगि र मेदनता रिसर्च क्लिनिक जनकपुरको आयोजनामा संचालक डा. दिगिवजय कुमार ठाकुर, ड. रामाशंकर प्रसाद यादव, डा. अभय मण्डल, डा. राजेश कुमार साह, डा. दिलिप कुमार यादव, डा. संजय कुमार साह, डा. सुनिल सिंह, डा. कुन्दन मिश्रसहित विशेषज्ञ डाक्टरको दुई दिने वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शुक्रबार र शनिबार हुने निशुल्क स्वास्थ्य शिविरमा १५ जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गर्ने जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन कुमार मण्डले जानकारी दिए ।
रोग लागेर पनि विशेषज्ञ डाक्टरको अभावमा स्वास्थ्य उपचार गर्न नपाएका बिरामीको स्वास्थ्य उपचार गर्ने लक्ष्यसाथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । निःशुल्क स्वास्थ्य शिविरमा विदेहनगरका बासी लाभान्वित हुने उनले आशा व्यक्त गरे ।
निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिने छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण गरिने छ ।