कलैया,२३ पुस
किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।बाराको प्रसौनी गाउँपालिकामा रहेको श्री बेंगा साह माध्यमिक बिधालयमा न्यू फ्रेन्ड्स क्लवको आयोजनामा र प्रसौनी गाउँपालिकाको कार्यालय सहयोगमा सोमबार एक कार्यक्रम बीच सुरु भएको हो ।
न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिका कि उपाध्यक्ष किरण देवीले कार्यक्रमको उद्घाटन गर्नु भएकी थिइन् ।पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष कुशवाहाले बताए ।
उक्त तालिममा महिलाहरूले घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा,सहकर्मीबाट हुने हिंसा,शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेनु भएकी प्रसौनी गाउँपालिका कि उपाध्यक्ष किरण देवीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताइन् । आत्मरक्षासम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो ।
सो कार्यक्रममा श्री बेंगा साह माध्यमिक बिधालयका कक्षा ९ का ८६ जना छात्राहरु गरी दुइ इभेन्टमा तालिम संचालन भएको थियो ।
सो तालिममा बालअधिकार,यौद्धजन्य हिंसा,हेपाई,तनाव जस्ता घटनाहरुको बारेमा सिकाइने छ ।
सो तालिमका प्रशिक्षक अनिल कुमार कुशवाहा, जुही मेहता,जुगली दास रहनु भएका थिए भने सहायक प्रशिक्षक कुसुम मण्डल र वर्षा चौधरी रहनु भएकी थिइन् ।
उक्त कार्यक्रममा सुरेस कुमार गुप्ता,सामाजिक विकास शाखाका प्रमुख समाजसेवी प्रदिप साह,श्री बेंगा साह माध्यमिक बिधालयका प्रधानाध्यापक मनोज साह,सामाजिक बिकास शाखाका सहाय मनोज गुप्ता ,स्थानीय शिक्षिका,मधु गिरी, र समाजसेवीहरु लगायतको सहभागी रहेको थियो ।
सो कार्यक्रमको संचालन अनिल कुशवाहाले गरेका थिए ।