2024-12-30

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश प्रदेश लोक सेवा आयोगको एक कर्मचारीको श्रीमतिले चढदै आएको सवारी नियन्त्रणमा लिईएको छ ।

सोमबार अपरान्ह जनकपुरको पीडारीचोकस्थित सरकारी नम्बर प्लेट (सेतो प्लेट) लाई परिवर्तन गरी नीजि गाडी बनाएर चढदै आएको खण्डमा चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको हो ।

मधेश प्रदेश लोक सेवा आयोगको एक कर्मचारीको श्रीमतिले सरकारी नम्बर प्लेट चेन्ज गरी नीजि बनाएर चढदै आएको खुलेको हो । सवारी लक गरेपछि उनले आफू कर्मचारीको श्रीमति रहेको बयान दिएको प्रत्यक्षदर्शीले बताए ।

उनले आफ्नो नाम समेत खुलाइनन् । मधेश प्रदेश लोकसेवा आयोगको नाममा रहेको सरकारी गाडीलाई व्यक्तिगत रुपमा प्रयोग गर्न स्कुटीको नम्बर प्लेट चेन्ज गरिएको बुझिएको छ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले बिलबुक, कागजातहरु मागेपछि सो स्कुटी सरकारी रहेको खुलाएको बताईएको छ ।

सरकारी नम्बर प्लेटलाई लु ६० प ८५५७ नम्बर बनाएर बिना बिलबुकको चढदै आएको बताईएको छ । यसअघि उनले विभिन्न ठाउँमा ट्राफिक प्रहरीलाई चक्मा दिदै सवारी चलाउँदै आएकी थिइन् ।

यद्यपी, सरकारी गाडी नै रहेको भनेर पुष्टि भएको छैनन भने प्रदेश लोक सेवा आयोगमा सम्पर्क गर्दा फोन उठेनन् ।

जानकारी अनुसार, ट्राफिक प्रहरी कार्यालय धनुषाले सो सवारीलाई राजनीतिक पहुँचको दबाबमा नीजि साबित गर्न प्रयास जारी राखेको हो । नेताहरुको दबाबपछि सो सवारीको नम्बर, चालकको नाम, कर्मचारीको नाम समेत गोप्य राखी सवारी र चालकलाई समेत परिवर्तन गरी बचाउन खोज्ने आशंका गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर