जनकपुरधाम । सनातन धर्मको संवाहक तथा हिन्दु धर्मावलम्बीहरुको आस्था रामको गृह प्रवेशमा जनकपुरधाममा सवा लाख दीप प्रज्वलन गरिने भएको छ ।
राम जन्मभूमि भारतको अयोध्यतामा निर्माण गरिएको भव्य मन्दिरमा भगवान रामको आउँदो जनवरी २२ तारिक २०२४ अर्थात माघ ८ गते जनकपुरधामको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
राम मन्दिरको प्राण प्रतिष्ठानको जानकी मन्दिर प्राँगनमै प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाईएको जानकी सेनाले जनाएको छ । सोही दिन विभिन्न साँस्कृतिक कार्यक्रम दिपोत्सव, शोभायात्रा, झाँकी, हवनकुण्ड लगायतका धार्मिक कार्यक्रमहरु रहेको छ ।
यस्तै, जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले मिथिलावासी, मधेशवासीलाई भव्य दिपावली गर्न आग्रह गरेका छन् । भगवान राम ५०० बर्षपछि आफ्नो घर पाएको भन्दै खुसीयालीमा दिपोत्सव गर्न आग्रह गरेका छन् ।