जनकपुरधाम । धनुषाको राष्ट्रिय अनुसन्धान प्रमुख (एसपी) दिपक खड्का आएपछि बोर्डमा नामुद तस्करलाई सास्ती भएको छ भने बोर्डरमा खटिने घुमुवा प्रहरीलाई दुःख भएको छ ।
तस्करीको लत्त पालेका धनुषाको विभिन्न नाकाका सुरक्षाकर्मीहरुलाई अनुसन्धान प्रमुख खड्काले निगरानी बढाएपछि तस्करसँग मिलेर षडयन्त्र सुरु गर्न थालेका छन् । भारतबाट हुने अवैद्य धन्दा, तस्करीमाथि अनुसन्धान प्रमुख खड्काले निगरानी बढाएपछि बोर्डरमा सादा पोशाकमा घुम्ने प्रहरीलाई निन्द हराम भएको छ ।
सीमा क्षेत्रबाट हुने गरेको तस्करीलाई नियन्त्रण गर्न धनुषाको विभिन्न नाकाका अपरेशन चलाएपछि तस्करहरुलाई सास्ती भएको छ भने केही घुमुवा प्रहरीलाई समेत सास्ती परेको छ । तस्करसँग मिलेर तस्करी गराउने विभिन्न नाकाका घुमुवालाई सास्ती हुन थालेपछि अनुसन्धान प्रमुख खड्काविरुद्ध षडयन्त्र समेत सुरु गरेको हो । उनीहरुको दैनिकी कमाई धन्दा चौपट्ट हुन थालेपछि खड्कालाई बदनाम गर्न समेत केही तस्कर लगाएको खुलेको हो ।
भारतबाट जनकपुरसहित अन्य बजारमा जाने कपडा, रेडिमेड कपडाहरु, ग्रोसरीका समानहरु, किरानाका समानहरु धनुषाको केही नाकाहरुमा प्रहरीकै मिलोमत्तोमा तस्करी हुन थालेपछि अनुसन्धानका एसपी खड्काले इन्टेलिजेन्स मार्फत निगरानी बढाएपछि बोर्डरमा कडाई गरिएको हो ।
खेतको बाटोबाट महिला प्रयोग गरी हुने तस्करी, फरक क्षमता भएका व्यक्ति (अपाँगता) सँग लाईन मिलाएर गरिने तस्करीमाथि एसपी खडकाले निगरानी गर्न थालेपछि तस्करहरुलाई सास्ती भएको छ । सोको लागि तस्करलाई सहयोग गर्दै आएका धनुषाका केही घुमुवा प्रहरीमाथि समेत कारवाहीको लागि चेतावनी दिएपछि खड्कालाई लक्षित समेत गर्न थालिएको हो ।
एसपी खड्काले धनुषाको मुखियापट्टि मुसरनीया, फुलगमा, जटही, धनौजी, दुहवी, इनर्वा, महुवा, बलहा लगायत नाकाहरुमा निगरानी बढाएपछि तस्करलाई सास्ती भएको हो । निगरानीकै कारण केही भ्रष्ट प्रहरी र कर्मचारीलाई समेत एसपी खडका टाउको दुःखाई बनेको हो ।