कृष्ण यादव
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक कोमल साह आएदेखी पर्सा जिल्ला अन्तरगतका आम जनमानसले प्रहरीबाट अपेक्क्षा गरे अनुसारको शान्ति सुरक्षाको अनुभुती गर्न थालेका छन ।
खुला सिमानाकाका कारण हुने अन्तर देशीय अपराधिक गतिविधीका घटना हुन नदिन सिमामा कडाई गर्नुको साथै आफना प्रहरी विंगहरुलाई चनाखो भएर अवैध गतिविधी नियन्त्रण गर्न खटाईनुले क्षेत्रबासी अमन चयनका साथ सांस लिन पाएका छन ।
केही व्यक्तिगत रिश्वीका घटना बाहेक छिटफुट घटनाहरु भएपनि त्यसलाई कडाईका साथ लागेर निचोड सम्म पुर्याउने अठोटले प्रहरी प्रति जनविश्वास बढदै गएको स्थानीयले अनुभव गरेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखको रुपमा आएको १३ महिनामा प्रहरी उपरीक्षक साहको कमाण्डमा करोडौं करोड बराबरको राजश्व भन्सार दाखीला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।
नेपाल प्रहरीका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरुले भारत संगको खुला सिमा नाकाका कारण हुने अवैध भन्सार छली चोरी निकासीमा कडाई गरेपनि विभिन्न माध्यम अपनाएर गरिएका अवैध भन्सार छलीका समानहरु प्रहरीले गाउँको विभिन्न स्थानहरुबाट बरामद गरि वीरगञ्ज भन्सार तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी उपरीक्षक साहले जानकारी दिनु भयो ।
बरामद समानहरुमा राँगा , लत्ता, सखर , गेहु , धान , प्याज , कपडा, हार्डवेयर, किराना सामानब, शर्टिंग शुटिंग, मालबाहक गाडीहरु लगायत रहेका छन ।
करोडौ करोड रुपैयाको बराबरको अवैध माल सामानहरू बरामद नियन्त्रणमा राजस्व सरकारी कोषमा दाखिला गराउन प्रहरी उपरीक्षक साह सफल भएका छन् ।
प्रहरी उपरीक्षक साह जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रहरीको पहिलो दायित्व भएको बताउँदै पर्सावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउनु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
लागुऔषधहरु गांजा , फेनारगन , डाईजिल्याब , नुर्फिन , नाईट्राभेट टयाबलेट , कोरेक्स बरामद गरिनुका साथै लागुऔषध मुदा लगायत अन्य मुद्दामा सजाय पाई लुकी छिपी बसेका कै आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिलाई समेत प्रहरी उपरीक्षक साहको सक्रियतामा पक्राउ गरी कैद गराउन पर्सा प्रहरी सफल भएका छन ।
यसैगरी विभिन्न ठाउहरुबाट चोरी भएका दर्जन भन्दा बढी मोटरसाईकलहरु बरामद गरि धनीलाई बुझाइएको उनले बताए ।
सिमा वारपार हुने भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न मातहतका युनिटहरुलाई कडाई गर्न निर्देशन दिइएको प्रहरी उपरीक्षक साहले जानकारी दिए ।
पर्साको जिल्ला अन्तरगत पर्ने केही पालिकाहरु अति संवेदनशील भए पनि पर्सा बासीलाई शान्तिको अनुभूति गराउन समेत प्रहरी उपरीक्षक साह सफल भएका हुन् । पर्सा जिल्लामा एकदम भयरहित र शान्तिपूर्ण बनाउन सफल भएका प्रहरी उपरीक्षक साहलाई स्थानिय बासीहरुले पनि प्रशंसा गरेका छन् । पर्सा जिल्ला अन्तरगत पर्ने धेरै गाउँहरूको सीमानाका भारतसंग जोडिएका हुनाले अतिसम्बेदनशील मानिएका गाउँहरुमा शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन सफल भएकाले प्रहरी प्रतिको विश्वास आम जनमानसमा अझै बढ्न गएको छ ।
सीमानाकामा कडाइ हुन साथ तस्करहरुमा हाहाकार मचेको हो भने कतिपै तस्करहरुले संयोजित तरिकाले प्रहरी उपरीक्षक साहलाई बद्नाम गराउन लागेका छन् भने कतिले पैसाको प्रलोभनमा पारी प्रहरी उपरीक्षक साहको चरित्र हत्या गराउन समेत लागेका छन् ।
प्रकशित मिति : 2024-01-22
सम्बन्धित