जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व मन्त्री गगन थापा भोली धनुषा आउने भएको छ । कमला बचाउ अभियानको वृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुन नेता थापा भोली मँगलबार कमला नगरपालिका आउन लागेका हुन् ।
कमला बचाउ अभियानले धनुषा र सिरहा जोडने ऐतिहासिक एवम् धार्मिक नदी कमला बचाउन किनारमा उच्च जातको वृक्षारोपण गरी भूक्षयबाट बचाउने कार्यक्रम अन्तर्गत प्रमुख अतिथिको रुपमा नेता थापा धनुषा आउन लागेको अभियानका सँयोजक विक्रम यादवले बताए ।
भोली मँगलबार विहान ९ बजे कमला नगरपालिका वडा नं. ५ को कमला छेउमा वृहत वृक्षारोपण कार्यक्रम रहेको जनाईएको छ । सोही दिन पिपल, निम, तुलसी अभियान र मिथिला वाईल्ड लाईफ ट्रस्टको सहयोग तथा कमला बचाउ अभियानकै पहलमा निर्माण गरिएको दुई शिक्षालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।