वीरगन्ज २५ माघ
सेवा समूह नेपालको आयोजनामा लागूऔषध दुब्यसनी र शितलहरहरुबाट बचन जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्थित अलौमा रहेको श्रि गुरुकुल पन्ना मेमोरियल बे सकेन्डरी स्कुलमा सम्पन्न भएको हो।कार्यक्रममा लागु औषध दुब्यसन, यसको असर , यसबाट बच्ने उपायका र सितलहर बाट बच्ने बारेमा बिधार्थीहरुलाई जानकारी गराइएको छ ।
सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि जानकारी गराएको श्रि गुरुकुल पन्ना मेमोरियल बे सकेन्डरी स्कूलका प्रिन्सिपल मंजु क्षेत्रीले बताउनुभयो ।सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी सहायक निरीक्षक संजिप यादवले लागूऔषध दुब्यसनी र शितलहरबाट बच्ने उपायहरु बिधार्थीहरुलाई जानकारी गराएका थिए।उक्त कार्यक्रममा सेवा समूह नेपालका अध्यक्ष अमीत पुरी, श्रि गुरुकुल पन्ना मेमोरियल बे सकेन्डरी स्कूलका प्रिन्सिपल मजु क्षेत्री, एबिसीका संचारकर्मी कृष्ण यादव लगाएतको सहभागित रहेको थियो।कार्यक्रममा श्रि गुरुकुल पन्ना मेमोरियल बे सकेन्डरी स्कूलका कक्षा६, ७ र ८ मा अध्यनरत करीव ६० जना बिद्यार्थीहरुको सहभागीतामा रहेको थियो ।