2025-02-05

Close

बीरगन्ज / जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढीको डेढ करोड रुपैया बराबरको औषधि र खुद्रा समान सहित २ वटा मालबाहक ट्रक पक्राउ गरेको छ ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको ना.५ ख ८५६५ नम्बरको मालबाहक ट्रक लाई बीरगन्ज परवानीपुर चौकबाट नियन्त्रण मा प्रहरीले लिएको छ मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ७० लाख ४३ हजार सात सय बरावरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि २९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनु भएको छ ।

यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोक स्थित प्रदेश-१-०१-००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र साथमा रहेको विल बिजक भन्दा बढीका विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगञ्जबाट झापा तर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुँदा ६९ लाख १५ हजार बराबरका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि २९ गते राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर