अप्पन जनकपुर
जनकपुरधाम । विश्वको सबभन्दा अधिक सक्रिय रहेको प्रयोगकर्ता फेसबुक (मेटा) को सर्भर डाउन हुँदा प्रयोगकर्तामा तरंग उत्पन्न भएको छ ।
समाजिक संजालमध्येमा फेसबुकको लत्त बसेका प्रयोगकर्ताहरुको फेसबुक केही मिनटदेखि चल्न छोडेको हो । जानकारी अनुसार फेसबुकको सर्भर डाउन हुँदा प्रयोगकर्ताले चलाउन सकिरहेका छैनन् ।
समाजिक संजाल फेसबुक लगइन गर्दा प्रयोगकर्ताको पासवर्ड गलत भएको भन्न थालेको हो । करिब ९ बजेतर्फ फेसबुक क्रैस भएको हो । मेटाको सर्भर क्रैस भएको जनाएपनि डाउन मात्र भएको बताइन्छ । फेसबुक नचल्दा फेसबुक प्रयोगकर्ताहरु मारमा परेका छन् ।