2024-11-24

Close

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशननवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै। तस्बिर : रासस

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए। ‘सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस्’, कर्मचारीलाई सम्बोधन गर्दै लामिछानेले भने।

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्तिसुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न पनि निर्देशन दिए।

सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका थिए।

सर्वोच्चको आदेशपछि उनको सांसद पदसमेत खारेज भएको थियो। गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट निर्वाचित भएका उनले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका थिए।
करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लाग्नुभएका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर