अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन भएकी छन् ।
आइतबार बसेको प्रदेश कमिटीको बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । भण्डारी प्रदेश कमिटीको उपसचिव हुन् ।
यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादव, जनसङ्गठन समन्वय सम्यन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल बिभागमा शन्कर महत्तो र सहकारि तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।