वीरगंज ७गते बुधबार
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले अपराधिक क्रियाकलाप उपर कानूनी कठोरता चालिने बताए। जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले पत्रकार संग परिचात्मक कार्यक्रममा बोल्दै मुलुकमा उत्पन्न विषम परिस्थिति सँग जुध्दै जनताको जिउधनको सुरक्षा तथा अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय रहने छ । सिमानाका हुने तस्करी तथा आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरीले तस्कर र अपराधसँग जोडिएका व्यक्तिलाई कार्यबाहिमा कुनै पनि समझोता नगरने बताउनु भयो। एसपी ढुंगेलले पर्सा जिल्लाका नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिनुको साथै साथै खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी , घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी, तथा जघन्य अपराध ,संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम रुपले एकसन लिई कडा भन्दा कडा कानुनी कार्यबाही गरि अपराधीक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभयो।अहिले पर्सामा लागु औषध दुव्र्यसनी तथा ओसारपसार र दुईपक्षको झग्डा मुख्ज्ञ चुनौतिका रुपमा रहेकोले कडा भन्दा कडा कार्यबाहि गरि नियन्त्रण गर्ने प्रहरी उपरीक्ष ढुंगेलले बताए।प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्यमा पत्रकारहरूको सहयोग आवश्यक रहेको बताउनुभयो।