कमला बचाउ अभियानका प्रणेता, जल संरक्षण संयोजक बिक्रम यादव कमला बचाउ अभियानको अयोजनामा विधालयमा सम्पन्न भएको विश्व पानी दिवसको अवसरमा सहभागि विधार्थीहरुलाई, तीब्र गतिमा भइरहेको जल प्रदुषण नियन्त्रणका उपाय भूमिगत जलको संरक्षण, वर्षाको जमिन भित्र पुर्याउने उपाय र भावी पिढीलाई जल संकट हुने विकराल समस्या सम्बन्धमा गहन रुपमा अवगत गराएका छन् ।
कमला बचाउ अभियानका संयोजक बिक्रम यादव संगै स्वच्छता अभियन्ता सुरेश पजियार, बिनय गामी, पत्रकार अर्जुन मण्डल, विपिन यादव लगायतका अभियन्ताहरुले विश्व पानी दिवसको अवसरमा सहभागि कक्षा ११ र १२ का विधार्थीहरुलाई पानी महत्व, संरक्षण र जल प्रदुषण नियन्त्रण विषयमा जानकारी गराएका छन् ।
श्री जनता नमुना प्राविधिक माध्यमिक विद्यालयका कुशल प्राधानाध्यापक पवन कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक र विधार्थीहरुको उल्लेखनीय सहभागिता रहेका छन् ।