वीरगन्ज २१ गते
पर्साको ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी फष्टयाएको छ।
पर्साको बार्वा, अमरपर्टी र प्रसौनी नाका भई भारतबाट नेपाल तर्फ लत्ताकपडा , स्टिलको भाँडाकुडा,काजु, प्याज , रजनिगन्धा,भैसी, कुखुरा र चल्लाको तस्करी हुँदै आएको छ भन्ने नेपालबाट पेस्ट र मदिरा तस्करी भईरहेको समाचार प्राप्त भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगाए विभिन्न निकायहरुले तस्करी बन्द रहेको दाबि गरेपनि तस्करी नरोकेको
हामी संग प्राप्त भएको एक भिडियो क्लिपले प्रष्ट देखिन सकिन्छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ र अलौ गुल्मको मातहत रहेको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी र सशस्त्र प्रहरी बल प्रसौनी र सशस्त्र प्रहरी बेश क्याम्प बहुआर्वा भाठा र नेपाल प्रहरीको मातहत रहेको बिन्दवासीनी चौकी , अमरपर्टी चौकी र प्रसौनी चौकीको संरक्षणमा दिउँसो देखि रातभरी तस्करी भईरहेको प्रत्यक्षदर्शीहरु यस अनलाईनलाई नाम नछाप्रने सर्तमा बताएका छन।
सो नाकाहरुमा सशस्त्र प्रहरी बल गुल्म अलौ र अमरपर्टी बिओपीबाट २४ घण्टा डिप्टी रहँदा पनि तस्करीको कपडा पक्राउ नपर्नु प्रष्ट बुझिन्छ सकिन्छ कि मिलोमतोमा भईरहेको छ ।
यस अनलाईनका सम्बदाँताले सशस्त्र प्रहरी बल गुल्मका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास अधिकारीलाई फोन सम्पर्क गरि बार्वा घाटमा तपाईंको खटिएको डिप्टी अगाडीबाट लत्ताकपडा गईरहेको सूचना दिएपनि तस्करीको सामान बरामद नहुनु शंकाको बिषय बनेको स्थानियहरुले बताएका छन।
तस्करीको बिषयमा प्रतिक्रिया लिन सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुखको नम्बरमा फोन सम्पर्क गर्दा एसपी साहेब बाहिर जानुभएको छ काम बिशेषले आफु नयाँ भएकोले त्यो नाकाको बारेमा केही जानकारी नरहेको पन्छिदै डिएसपी देबेन्द्र सिंहले फोन काटनुभयो।