वीरगन्ज २१ बुधबार
पर्सामा५० लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु सहित ट्रक पक्राउ गरेको हो।प्रहरीले तस्करीको५० लाख १२ हजार १८० मूल्य बराबरको औषधी, कपडा , चिनी,सुर्ती तथा खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर-१२ पावरहाउस चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.८ ख ३५४९ नम्बरको ट्रकमा लोड रहेको ४१ लाख ९३ हजार १० रुपैँया बराबरका कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।
त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर – १६ रजतजयन्ती चोकबाट चोरी पैठारी गरी भारतबाट ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधीहरू करिब ८ लाख १९ हजार १७० रुपैँयाको बरामद गरेको प्रहरी उपरिक्षक एसपी ढुंगलले बताए । पक्राउ परेका सामानहरु आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी ढुंगेलले बताए ।