काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन् ।
नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबार स्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उनी गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए ।