2025-02-05

Close

वीरगन्ज ३१ बैशाख सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षाको निमित्त खटिएको नेपाल प्रहरीको संरक्षणमा बाराको विभिन्न नाकाहरुबाट व्यापकरुपमा तस्करी सुचारु भएको छ।पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आएको दिनदेखि नै पर्साको सिमानाकामा हुने तस्करीमा कडाई गरेपछि तस्करहरुले छिमेकी जिल्ला बाराको विभिन्न नाकाहरुबाट तस्करी शुरु भएको हो।नेपाल भारतको सिमामा पर्ने बाराको बलिरामपुर,मुसहार्व  , कल्याणपुर , छातवा बरैनिया,  ,मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती, कवहीगोठ, गोपालगंज, बेलदारी, कोचोर्वा लगाएतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा,काजु, सुर्ती,कस्मेटिक , रजनीगंधा, पानपराग, रांगा भैसी,मरिच ,सुपारी  , र  लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्राई रहेका छन भने सो नाका हुदै नेपालबाट भारत तर्फ कबाड, पेस्ट  लगायतका सामानहरु तस्करी हुने गरेको  नाम नछाप्रने सर्तमा एक स्थानियले बताएका छन ।  अहिले बारा जिल्लाको मटिआर्वा नाका तस्करहरुको सहज   बनेको छ सो  नकाबाट लत्ताकपडा , हाडयेवर, काजु , कबाड, सुर्ती , स्टिलको भाडाकुडा , मोबाइलको पार्टस र चामल , मरिच , सुपारी लगाएतको अवैध सामानहरु सशस्त्र प्रहरी बल गुल्म र प्रहरी चौकी मटिआर्वा लगाएतको संरक्षणमा खुल्याएम रुपले तस्करी हुदै आएको स्थानियहरुले बताउँछन् ।पर्सामा तस्करी बन्द भएपछि तस्करहरुले बारामा तस्करी गर्ने सहज भएपछि तस्करहरु बाराको विभिन्न नाकाहरुबाट प्रहरी प्रशासनको मिलोमतोमा ठुलो मात्रामा तस्करी भइरहेको छ।बारा जिल्लाको विभिन्न नाकाहरुबाट तस्करी भईरहँदा पनि माथिल्लो निकायको ध्यान जान यति आवशयक छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर