2024-12-22

Close

बीरगञ्ज, १० जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीहरुले चेकजाँचको बहानामा सर्वसाधारणहरुलाई अभद्र गर्ने गरेको एक घटना उजागर भएको छ।वीरगन्जको बाईपास रोड  नागवा पोखरी स्थित ट्राफिक प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा एक महिला संञ्चारकर्मी माथि ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई)ले अभद्र गरेका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका सहायक निरीक्षक बिरबहादुर यादवले हेल्मेटको फित्त  नलाएको भन्दै एक सवारी चालकको ५०० को चिट काटिएपछि विवाद शुरु भएको थियो।यस काम कार्यबाहीको  बिषयमा एक महिला पत्रकारले बुझन खोज्दा असई यादवले अभद्रा गरेका छन।नेपालको संविधान र कानुनी व्यवस्थाले हरेक नागरिकलाई नीति नियम र कानुनका बारेमा जानकारी लिन र सोधपुछ गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ। प्रहरीद्वारा गरिएको कुनै पनि कारवाहीमा नागरिकले सोधपुछ गर्न नपाउनु र यसरी अभद्र व्यवहारको सिकार हुनु न्यायको दृष्टिकोणले अस्वीकार्य छ।यस घटनाले ट्राफिक प्रहरीको व्यवहार र उनीहरूको चेकजाँच पद्धतिमा पुनर्विचार आवश्यक भएको देखाउँछ। पछिल्लो समयमा ट्राफिक प्रहरीले राजस्व संकलनमा बढी केन्द्रित चेकजाँच गरिरहेको गुनासो बढ्दै गइरहेको छ। यस्तो अवस्थामा, नागरिक र सञ्चारकर्मीहरूको आवाजलाई दबाउनुको सट्टा उनीहरूको प्रश्नहरूको जवाफ दिनु पर्नेमा प्रहरीको जिम्मेवारी हुन्छ।विगत ५ ,७ वर्षा देखि असई यादव पर्समा बस्दै आएका छन।उनी हाकिमहरुको आर्शिवादले आर्थिक लाभ हुने ठाऊ ड्राईपोर्ट , परवानिपुर र गन्डक चौकमा ७ बर्षा देखि यी ठाउऊहरुमा बस्दै आएका हुन्।केही दिन पहिला यादव गण्डक बिटको ईन्चार्ज रहँदा विभिन्न किसिमको चेकजाँच बहानामा सवारीसाधनहरुलाई रोकी रकम उठाए आरोप लागेपछि  जिल्ला तानिएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर