जनकपुरधाम । महोत्तरीको बर्दिबासबाट जनकपुरधाम घुम्न आएका तीन जना बालिका तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
बर्दिबास नगरपालिका-१ का १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् ।
ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले बालिकाहरू सम्पर्कविहीन भएको घटनाको पुष्टि गरे ।
सम्पर्कविहीन हुनेमा एउटा १० वर्ष र बाँकी २ जना १३/१३ वर्षका बालिका रहेका छन् । उनीहरू बर्दिबासको देउराली मावि र ग्लोबल एकेडेमीमा पढ्थे ।
बर्दिबास-१ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए ।