अप्पन जनकपुर
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरिक्षक नवराज खड्कालाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुर, चितवनमा दरबन्दी रहेको प्रहरी निरिक्षक नवराज खड्का अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ बैशाख महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक नवराज खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक खड्कालाई बैशाख महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईन्सपेक्टर खड्का अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा बैशाख महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको छ ।
गत बैशाख २४ गते जनकपुरधाममा सहकारीको ८० लुटपाट भएको घटनामा संलग्न व्यक्तिहरुमध्ये १४ लाख ५३ हजार रुपैयासहित तीन जना व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको, बैशाख महिनामा अन्दाजी ३०९ किलोग्राम लागूऔषध गाँदा बरामद गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको, भन्सार चोरी निकासी पैठारीका लाखौंको सर सामानहरु बरामद गरी राजश्वमा बृद्धि उल्लेखनीय भूमिका निर्वाह गरेको र न्यायिक तथा अर्घ न्यायिक निकायहरुबाट दण्ड जरिवाना तोकिएका १०४ जना फरार प्रतिवादीहरु पक्राउ गर्न खटिएको टोली परिचालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बैशाखको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।