अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश सरकार छाड्ने तयारी गरेको छ ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मंगलबार मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाउँदैछन् ।
राजीनामा बुझाउन दुबै मन्त्री मुख्यमन्त्री यादवको सरकारी निवासमा पुगेका छन् । तर मुख्यमन्त्री बाहिर रहेकाले राजिनामा पत्र बुझाउन प्रतिक्षामा रहेको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।
राजीनामा पत्र बुझाएपछि समर्थन पनि फिर्ता लिने उनले बताइन् । मधेश सरकारबाट यसअघि नेकपा एमाले र माओवादी केन्द्र बाहिरिसकेका छन् ।