अप्पन जनकपुर
जनकपुरधाममा दुई सय शड्ढयाको ‘विनयतारा क्यान्सर सेन्टर’ बन्ने भएको छ । विनयतारा फाउन्डेसनले बनाउन लागको दुई सय शड्ढयाको अस्पताल निर्माणार्थ अस्पतालको नक्सापास गरेको हो ।
नेपालका साथै भारतको उत्तर प्रदेशलाई समेत लक्षित गरेर निर्माण गर्न लागिएको अस्पताल जनकपुरधाम उपमहानगरपालिका–२५ मा बन्नेछ । मधेश प्रदेशमा क्यान्सर अस्पताल नभएकाले अहिले सेवाग्राही भारतको उत्तरप्रदेश जानुपर्ने बाध्यता रहेको र त्यहाँ पनि गुणस्तरीय उपचार सेवाको अभाव रहेको बताइएको छ । अस्पतालले नेपालको दक्षिण र भारतको उत्तर भूभागका नागरिकका लागि विश्वस्तरीय क्यान्सर उपचार सेवा दिने लक्ष्य लिएको फाउन्डेसनले जनाएको छ ।
अस्पताल भवनको डिजाइन अमेरिकाको फङ एन्ड चान आर्किटेक्ट्सले गरेको छ । बर्खापछि अस्पताल निर्माण सुरु गरिने तयारी गरिएको छ । अस्पताल निर्माणपछि मधेश प्रदेशको स्वास्थ्य चेतना र उपचारमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा फाउन्डेसनको छ ।