जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकारको दावी पेश गर्न ६ दलका नेताहरु मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी नयाँ सरकारको दावी गर्न लागेको हो ।
जनमतका सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्री बनाउन ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गर्दैछन् ।
जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि विहिवार प्रदेश प्रमुख भण्डारीले आज विहान १० बजेसम्मको समय दिँदै नयाँ सरकारको आह्वान गरेकी थिइन् ।