2024-11-24

Close

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश कुमार सिंह नियुक्त भए ।

जनमत पार्टीका सांसद सतिश कुमार सिंह नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का बासिन्दा हुन् । ४२ वर्षीय सिंह आमा उषा देवी र बुबा शेखर कुमार सिंहका तीनमध्ये माइलो छोरा हुन् ।

शेखर कुमार सिंह राष्ट्रिय सभा सदस्य छन् । उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । अहिले उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । शेखर गजेन्द्र नारायण सिंहको सद्भावना पार्टीदेखि नै राजनीतिमा सक्रिय छन् ।

मुख्यमन्त्री सिंहले दोस्रो संविधान सभाको निर्वाचनको बेला राजनीतिक यात्रा सुरु गरेका थिए । त्यतिबेला उनी शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको सप्तरी जिल्ला अध्यक्ष भएका थिए ।

पछि पार्टी एकता हुँदा बनेको राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ को स्थानीय चुनावमा सिंह तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष चुनिए ।

स्थानीय तहको २०७९ को चुनावमा पुनः अध्यक्षमा प्रतिस्पर्धा गरेका सिंह पराजित भए ।
त्यसपछि प्रदेश सभा चुनाव २०७९ को केही दिन अघि जनमत पार्टीमा प्रवेश गरे ।

सिके राउत प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बन्दा सिंह प्रदेशतर्फ २ (क) मा उम्मेदवार बने । र फराकिलो मतान्तरले तत्कालीन मधेश प्रदेशका अर्थमन्त्रीसमेत रहेका जसपा नेपालका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरे ।

सिंहले १६ हजार ७३४ मत प्राप्त गरी विजयी हुँदा साहले ८ हजार २९२ मत पाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर