2025-02-05

Close

वीरगन्ज २६
जेष्ठ पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारीमा संलग्न रहेको एक जनालाई पक्राउ गरेको छ।प्रहरीले भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नं. २० कुम्हरियाटोल बस्ने बर्ष २९ को बबलु राज रौनियारलाई हुण्डीमा सलंगन रहेको आरोपमा नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ संकाष्पद रुपमा पैदल हिडी जाँदै गरेको रौनियारलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई छिपाई ल्याएको स्रोत नखुलेको ५ लाख ९० हजार रुपैया सहित पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।उनको अनुसार नेपाली रु.१००० दरको नोट थान ४१५ रु.४,१५,०००।– ( चार लाख पन्ध्र हजार ) , नेपाली रु.५०० दरको नोट थान ३४० रु.१,७०,०००।– ( एक लाख सत्तरी हजार ) , नेपाली रु.५० दरको नोट थान १०० रु. ५०,०००।– ( पचास हजार ) गरी जम्मा रु ५,९०,०००।– ( पाँच लाख नब्बे हजार ) सहित रौनियारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर