जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एक सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपा नेपालको जारी एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष बाहेकको पदका लागि निर्वाचन हुँदैछ । अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।
पाँच उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिष कुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।
सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्र कुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्र प्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राई यादव र जयराम यादवले उम्मेदवारी दिएका छन् ।
सहमहासचिव महिलातर्फ सीता कुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा रेणु कुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।