सिरहा । क्षयरोग मुक्त अभियान संचालन गर्ने जिल्लामै पहिलो नगरपालिका मिर्चैया नगरपालिका रहेको छ ।
सिरहाको १७ वटै पालिकाहरु मध्ये मिर्चैया नगरपालिकाले पहिलो क्षयरोग मुक्त अभियान संचालन गरेका छ्न ।
मिर्चैया नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि क्षयरोग मुक्त अभियान संचालन गरेका छन । क्षयरोग मुक्त अभियान कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबले ,क्षयरोग सम्बन्धी सिरहा, उदयपुर, सप्तरी सम्मका बिरामिले मिर्चैया आएर सेवा लिन मेयर यादवले बताएका छन उनले मिर्चैया नगरपालिकामा समेत क्षयरोग सम्बन्धि प्रत्येक वडामा प्रचार-प्रसार गरि खोजतलास गर्दा अत्याधिक संख्यामा क्षयरोगका बिरामी फेला परेको हुनाले यसता कार्यक्रम ल्याएको यादवले जनाए ।
यता,चिकित्सक ममता यादबले,२०१६ साल देखि नेपाल सरकारले क्षयरोग मुक्त अभियानको योजना थाल्न गरेको छ । अभियानमा पहिलो चोटि तीन वटा पालिका मात्र जोडीएको थियो । त्यसपछी सिरहा र सप्तरी हेर्दा गेर्दा खेरी क्षयरोगमा सबैभन्दा जोखिम जिल्ला सिरहा रहेको बताए । यादबले भने, नेपालमै चौथो नम्बरमा सिरहा जिल्ला क्षयरोग सम्बन्धि जोखिमा परेको जनाए ।
चिकित्सक यादबले भने, हामिले सिरहा जिल्लाको १७ वटै पालिका लाई पत्रचार गरे, क्षयरोग मुक्त अभियान चलाउने तर कुनै पनि पालिका समन्वय गरेन । मिर्चैया नगरपालिका पहिलो नगरपालिका हो, क्षयरोग सम्बन्धी अभियान चलाउने । नगरपालिका भित्र रहेका प्रत्यक वडाका नागरिक लाई गाउ, घर टोल-टोलमा गएर क्षयरोग सम्भावित ब्यक्तिहरु छ्न, सबै बिरामिहरु लाई निशुलक उपचार गर्ने बताए । उनले भने, जस्तै दुई हप्ता वा सो बढी लगातार खोकी लाग्नु, ज्वरो आउनु, बेल्का बेल्का पसिना आउनु, खकारमा रगत आउनु, छाती दुख्नु, सास फेर्न गारो हुनु त्यस्ता बिरामिहरुलाई उपचार गरिने जनाए । बच्चा देखि बुढा पखाका नागरिक लाइ यो अभियानमा सहभागि भएर सेवाको लाभ उठाउन अवाहन समेत गरे ।
आज मिर्चैया नगरपालिकाको वडा न. ५ र ६ मा क्षयरोग सम्बन्धि अभियान सन्चालन गरेको थियो । TB Screening, Microscopic & Chest X-ray प्राविधिकका आधुनिक मेसिनहरु बाट चेकजाँच गरिनेछ ।
यो अभियान मिर्चैया नगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरको आयोजना संचालन भएको छ ।