जनकपुरधाम । एन्फा धनुषा जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/०८१ को उपाधि यज्ञभुमि युवा समाज धारापानीले जित्नुभएको छ ।
ज्नकपुरधाम उपमहानगरपालिका -१३ स्थित कबडहलको खेलमैदानमा आज भएको फाइनल खेलमा बेंगाडाबरलाई हराउदै ०-१ गोलले जनकपुरधाम स्थित कर्भडहल फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा यज्ञभुमि युवा समाज धारापानी विजयी भएको हो ।
उक्त फाइनल खेल मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
मुख्यमन्त्री सिंहले खेलमा बिजेता टिम धारापानीलाई लिगको उपाधि नगर ५१ हजार र कप र मेडल हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी ,मुख्यमन्त्री सिंहले प्रतियोगिताको दोश्रो स्थानमा प्राप्त गरि उपबिजेता बनेका बेंगाडाबरलाई नगद ४१ हजार, कप र मेडल प्रदान गरिएको जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए ।
खेलामा उत्कृष्ट गरेका ५ विद्याका खेलाडीलाई नगद ३ हजार १ सय, मेडल र कप प्रदान गर्नुभएको संघका सदस्य राउतले बताउनुभयो ।जिल्ल फुटबल संघको आयोजना जेठ १२ गते देखि भएको खेलमा ए डिभिजनका १० टिम प्रतिस्पर्धा गर्नुभएको थियो ।