2024-12-26

Close

वीरगन्ज २१ शुक्रबार
ट्राफिक प्रहरी कार्यालय पर्साको मातहत रहेको परवानिपुर ट्राफिक पोष्टले विभिन्न किसिमको चेकजाँचको बहानामा पछिल्लो समयमा ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ ।
ट्राफिक प्रहरी पोष्टको प्रमुख सहायक प्रहरी निरीक्षक रामसाहाय यादवको कमाण्डमा रहेको ट्राफिक प्रहरी पोष्टले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ ।
भारतबाट रक्सौल बोर्डर हुँदै आइसीपीबाट नेपाल छिर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टरलगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा राखिएका ट्राफिक बिटमा ट्राफिक प्रहरीले प्रवेश शुल्कको नाममा एकसयदेखि दुई सय र ओभर लोड तथा पुराना मोडलका चल्न नसक्ने मापदण्ड विपरीतका गाडी रहेको भनेर थप पाँच सय रुपैयाँसम्म अवैध असुल्ने गरेको चालकहरू बताउँछन् ।
चालकहरूका अनुसार, परवानीपुर चोक, र गण्डक पोष्टमा एक सयदेखि दुई सयका दरले एक सयका दरले रकम लिने गरेको छ । यी बाहेक ओभरलोड भनेर पाँचसय देखि २०० रुपैयाँ लिने गरेको छ । तर त्यसवापत् कुनै रसिद दिइँदैन ।’
भारतको गुजरातबाट मालसामान बोकेर आएको बी १२ एन ४२०२ नम्बरका ट्रक चालक सुखदेव सिंहले भने, ‘बोर्डरको आईसीपीबाट छिर्नवित्तिकै वीरगंजको विभिन्न चोकहरूमा प्रवेश शुल्कको नाममा एक सयदेखि दुईसय रुपैयाँ र ओभरलोड भनेर थप पाँच सय देखी २००० रुपैयाँ लिने गरेको छ, जसको कुनै रसिद दिइँदैनन् ।त्यस्तै भारतको बिहारबाट धान लिएर आएका बिआर ८३ एम ९०९८ नम्बर ट्रकका चालक रमेश चौहानले पनि प्रवेश शुल्कको नाममा यहाँका ट्राफिक प्रहरीले विभिन्न ठाउँमा रकम लिने गरेको तर, त्यसको रसिद माग्दा रजिष्टरमा इन्ट्री भइसक्यो भनेर टार्ने गरेको बताए ।
परवानिपुर ट्राफिक प्रहरीले प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ असुल्ने गरेको छ भने, जिल्ला भरका टिपरबाट पनि मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ ।
त्यस्तै साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत विभिन्न बहानामा ट्राफिक प्रहरीले रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।
यश बिषयमा बुझ्नको लागि प्र स नि यादवलाई फोन सम्पर्क गर्दा फोन  हुन सकेनन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर