अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया श्री जनता नमूना माध्यमिक विद्यालय गिद्धा-बेलापट्टिमा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
आधारभूत तथा माध्यमिक तहमा हाजिरी जवाफ प्रतियोगिता एकै पटक सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलले जानकारी दिएका छ्न् ।
शुक्रबार प्रधानाध्यापक संघ नेपाल धनुषाको आयोजनामा भएको सो प्रतियोगितामा माध्यमिक तहमा १७ र आधारभूत तहमा २२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा माध्यमिक तहमा नमूना मावि गिद्धा-बेलापट्टिले प्रथम, मावि बनरझुला द्वितीय, मावि पराबाहा तृतीय र मावि नगराइनले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रअ मण्डलले जानकारी दिए ।
त्यसैगरी आधारभूत तहमा मावि बनरझुला प्रथम, नमूना मावि गिद्धा-बेलापाट्टी द्वितीय, आधारभूत विद्यालय कठाल तृतीय र आधारभूत विद्यालय मुखियापट्टी सन्तवना पुरस्कार प्राप्त गरेको छ ।
जिल्ला भरीको विद्यालयहरूमा गुणस्तरिय शिक्षा तथा सिकाईको उपलब्धि बढाउनको लागि स्वास्थ्य प्रतिस्पर्धात्मक शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले अतिरिक्त कृयाकलापको आयोजनालाई निरन्तरता दिने जमर्को गरेको संघका अध्यक्ष समेत रहेका प्रअ मण्डलले बताए ।
बनाउन प्रधानाध्यापक संघ नेपाल धनुषाको प्रमुख उद्देश्य रहेको संघको अध्यक्ष पावन कुमार मण्डलले बताए ।
माध्यमिक तहमा १७ र आधारभूत तहमा २२ वटा विद्यालय सहभागी भएका थिए । जसमा माध्यमिक तहमा नमूना मावि गिद्धा-बेलापट्टी प्रथम, मावि बनरझुला द्वितीय, मावि पराबाहा तृतीय र मावि नगराइन सान्त्वना भएका थिए । त्यस्तै, आधारभूत तहमा मावि बनरझुला प्रथम, नमूना मावि गिद्धा-बेलापाट्टी द्वितीय, आधारभूत विद्यालय कठाल तृतीय र आधारभूत विद्यालय मुखियापट्टी सान्त्वना भएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख (जिल्ला शिक्षा अधिकारी) चेत कुमार पोखरेल, शिक्षक अभिभावक संघको अध्यक्ष उत्तिम लाल मण्डलसहिताका अतिथिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।