जनकपुरधाम । धनुषा, सिरहा, सर्लाही र मोरङमा भारी वर्षा भएको छ ।
पछिल्लो एक घण्टामा सर्लाही पर्वानिपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।
उक्त क्षेत्र भएर बग्ने झिम नदी, फुल्जोर खोला र अन्य साना खोलामा बाढीको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
पछिल्लो तीन घण्टामा मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ ।
यस्तै सिरहा र धनुषामा पनि भारी वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित पारेको हो । नदीनालामा बाढी आउन सक्ने जोखिम बढेको छ ।