अप्पन जनकपुर
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको नाममा देशलाई द्वन्द्वतिर लैजान नखोज्नु भन्दै चेतावनी दिएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफू संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको विषय उठाएर छलफल गर्नु पश्चगमन होइन । यो अग्रगमन हो । संविधान पूजा कोठामा राखेर पाठ गर्नको लागि बनाएको पुस्ततको रूपमा लियौं भने कमजोर हुनसक्छ ।
उनले दुई ठूला पार्टी मिल्दैमा तर्सिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए ।