2024-11-25

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका जनप्रतिनीधिहरुले एक बर्षको अन्तरालमै करिब ६० लाख रुपैयाँको ईन्धन खाएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक बर्ष २०८०-८१ को लागि शहिनगर नगरपालिकाले कामै नगरी करिब ६० लाख रुपैयाँ बराबरको ईन्धन खाएको हो । अपेक्षित बजेट खर्च समेत गर्न नसकेका शहिदनगर नगरपालिकाले ईन्धनमा भने ठुलै बाँडफाँड देखिएको हो ।

महालेखाका प्रतिवेदन अनुसार ईन्धन प्रयोगको लागि लगबुक राख्नुपर्नेमा लगबुक नै नराखी त्यतिकै ५९ लाख ७४ हजार ३५० रुपैयाँको ईन्धन खाएको देखाएको हो । कर्मचारी वा जनप्रतिनीधिलाई प्रदेश सरकारको खर्च मापदण्ड अनुसार ईन्धन पाउनुपर्ने व्यवस्था मिलाएको छ ।

को कर्मचारी वा जनप्रतिनीधि कहाँबाट कहाँ गए, कति किलोमिटर गए त्यसको विस्तृत विवरण र कति लिटर ईन्धन पाए भनेर लगबुक राख्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार, लग बुक नै नभरि सीधा करिब ६० लाख रुपैयाँ बराबरको ईन्धन खाएको देखाएको हो ।

यतिको ईन्धन बाँडिनुमा जनप्रतिनीधिहरुले आ आफ्ना आसेपासे, राजनीतिक कार्यकर्तालाई ईन्धन बाँडेको हुन सक्ने बुझिएको छ ।

जानकारी अनुसार, शहिदनगर नगरपालिकाका उच्च पदस्थ जनप्रतिनीधिहरुले नगरपालिकाको नाममा ईन्धन गैलन (जर्किन) मा ल्याएर खेतमा सिँचाई गर्ने, आफ्नो खेतमा ट्रयाक्टर चलाउने, दमकल चलाउने कार्यमा हजारौँ लिटर ईन्धन लिएको बताईन्छ ।

आम नागरिकले तिरेको करबाट शहिदनगरका जनप्रतिनीधिहरुले लाखौँको ईन्धन आफ्नो घरमा लगानी गरेको आरोप छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर