2024-12-27

Close

वीरगन्ज १ साउन

नोभा ट्रेडिङले वीरगन्ज महानगरपालिका विभिन्न ठाऊहरुमा ढाट राखि सवारीसाधनहरुलाई मुख्य सडक पेटीमा अवैध रुपमा रोकी रसिद भन्दा बढी रकम असुल्ने गरेको आरोप लागेको छ।वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैं स्थित आइसिपी राेडबाट सवारी करकाे ढाट हटाउन वडाध्यक्ष संजु छतकुलीले माग गरेका छन् ।वडाध्यक्ष छतकुलीले मंगलबार आइसिपी राेड मै पत्रकार सम्मेलन गर्दै नियम विपरित नाेभा ट्रेडिङ्ग वीरगंजले आइसिपी राेडमा विभिन्न किसिमका ठुला सवारी साधानहरुबाट पटके सवारी कर उठाइरहेकाे भन्दै त्यहाँ नउठाउन माग गरेका हुन् ।उनका अनुसार आइसिपी राेडमा बस, ट्रक लगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढेकाे छ । आइसिपीबाट निस्कने ठुलाे संख्यामा हेभी गाडीहरु त्यहाँ राेकेर ठेक्दारले वीरगंज महानगरपालिकाकाे पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेकाे हाे ।वडाध्यक्ष छतकुलीले सवारी कर उठाउन ठेक्दारले त्यहाँ राखेकाे गुमटी हटाउन आजै आफुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिने पत्रकार सम्मेलनमा जानकारी गराए । सवारी कर उठाउने नै भए आइसिपी राेडबाट अरु ठाउँमा गएर उठाउन उनकाे माग छ ।छतकुलीले अहिले सम्म ढाटको कारणले ३ जनाको दुर्घटनाले मृत्यु भएको छ भन्ने एक दर्जन भन्दा बढि व्यक्तिहरु घाईते भएको बताउदै सो दुर्घटना रोक्नको लागि ढाट हटाउन माग गरेका छन।यता नाेभा ट्रेडिङ्गले भारतिय नम्बरकाे हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले ताेकेकाे शुल्क भन्दा बढी कर उठाइरहेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । पत्रकार सम्मेलन कै क्रममा भेटिएका हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करकाे नाममा रकम असुल्ने गरेकाे र कहिले काँही रसिद दिएकाे भन्दा पनि बढी रकम लिने गरेकाे वताएका हुन् ।वीरगन्ज महानगरपालिकाको आईसिपी , बहुअरी चौक , हरपतगंज, परवानिपुर लगाएतको विभिन्न ठाऊहरुमा ढाट राखि भारतिय सवारीसाधनहरु शीत लोडमा रहेको गाडी संग ३४९ रुपैया लिने ठाऊमा भारु ३५० लिने गरेको भारतिय सवारीचालक जवाहीर मियाले बताए ।वीरगन्ज महानगरपालिकाको बोर्डको निर्याण अनुसार लोड रहेको सवारी साधनहरु लाई मात्र रसिद काटन नियम भएपनि ठेकदारहरुले दादागिरी गरि खालि गाडी संग पनि रसिद काटने गरेको सवारी चालकहरुले गुनासो गरेका छन्।यस्ता गतिविधि तर्फ वीरगन्ज महानगरपालिका , जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर